Logo

यस्ता छन् विश्वका १० व्यस्त विमानस्थल, जहाँ वर्षमै १० करोडले यात्रा गर्छन

यस्ता छन् विश्वका १० व्यस्त विमानस्थल, जहाँ वर्षमै १० करोडले यात्रा गर्छन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्वको सबैभन्दा ब्यस्त एयरपोर्टको पहिलो स्थनमा हार्टसफिल्ड ज्याक्सन एटलान्टा इन्टरनेशनल एयरपोर्ट रहेको छ । एयरपोर्ट काउन्सिल इन्टरनेशनल (एसिआइ) ले हालै सार्बजनिक गरेको विश्वका ब्यस्त विमानस्थलको पहिला सूचि सो विमानस्थल पर्न सफल भएको । सो विमानस्थलबा २०१६ मा १० करोड यात्रु आवतजावत गरेका थिए । जुन २०१५ को भन्दा २ दशमलव ६ प्रतिशतले बढी हो ।

एसिआइले विश्वका २० ब्यस्त विमानस्थलको सूची सार्वजनिक गरेको थियो । जसमध्ये १० ब्यस्त विमानस्थल यस्ता छन् ।

पेरिस चार्लेस डि गउली एयरपोर्ट विश्वको दशौं ब्यस्त विमानस्थमा पर्छ । जहाँ २०१६ मा ६ करोड ५९ लाख यात्रु आवतजावत गरेका थिए । त्यस्तै ९औं स्थानमा सांघाई पुडङ इन्टरनेशनल एयरपोर्ट परेको छ । जुन एयरपोर्टबाट २०१६ मा ६ करोड ६० लाख हवाई यात्रु आवतजावत गरेका थिए ।

तथ्याङ्क अनुसार ८औं ब्यस्त विमानस्थलमा हङकङ अन्तरराष्ट्रिय एयरपोर्ट रहेको छ । जहाँ १ वर्षमा ७ करोड ३ लाख यात्रुले आवतजावत गरेका छन भने हिटथ्रो एयरपोर्टमा ५ करोड, ५७ लाख यात्रु र सिकागो ओ हेर अन्तरराष्ट्रिय विमानस्थलमा ७ करोड ७९ लाख यात्रु आवतजावत गरेका थिए । त्यसैगरी टोक्यो अन्तरराष्ट्रिय विमानस्थलमा ७ करोड ९६ लाख यात्रुले यात्रा गरेका छन् ।


यसैगरी लस एन्जल्स विमानस्थलमा ८ करोड यात्रु आवतजावत गरेको पाइएको छ । विश्वको तेस्रो ब्यस्त विमानस्थल संयुक्त अरब इमिरेट्सको दुवई अन्तरराष्ट्रिय विमानस्थल रहेको छ । जहाँबाट २०१६ मा ८ करोड ३६ लाख यात्रु आवतजावत गरेका थिए । भने दोस्रोमा बेइजिङ क्यापिटल इन्टरनेशनलका ९ करोड ४३ जनाले यात्रा गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL