Logo

कोभिड-१९ को खोप नबन्न पनि सक्छ, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाबाहेकको विकल्प छैन : डब्लुएचओ

कोभिड-१९ को खोप नबन्न पनि सक्छ, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाबाहेकको विकल्प छैन : डब्लुएचओ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ विरुद्धको खोपको आशा गरिए पनि कहिल्यै नबन्न सक्ने संभावना पनि रहेको बताएको छ । संगठनका का प्रमुख टेड्रोस अधनोम घेब्रेएससले कोभिड–१९ विरुद्धको खोपको आशा गरिए पनि कहिल्यै नबन्न सक्ने संभावना पनि रहेको बताएका छन्।

घेब्रेएससले भनेका छन्, ‘कोभिड–१९ विरुद्ध अहिले कुनै चाँदीको गोली छैन र त्यो कहिल्यै नबन्न पनि सक्छ।’ विश्वभरिका मान्छेले यति बेला महामारीबाट बच्न व्यक्तिगत दूरी कायम गर्ने, हात धोइरहने र मास्क लगाउने बाहेक विकल्प नभएको उनले बताएका छन्।

त्यस्तै परीक्षणको दायरा बढाउनु पर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने पनि उनले जनाएका छन्। शंकास्पदलाई क्वारेन्टिनमा र संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने पनि डब्लुएचओले बारम्बार बताउँदै आएको छ। विश्वमा झन्डै एक करोड ८५ लाख जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या पनि सात लाख नजिक पुगेको छ।

डब्लुएचओ प्रमुख घेब्रेएससले आशा भने जगाएका छन्। उनले खोप विकासमा प्रगति भइरहेको बताएका छन्। केही खोप तेस्रो चरणको परीक्षणमा छन्।

प्रतिक्रिया दिनुहोस्
MBL