Logo

भारतमा पहिलो पटक कार्पेट एक्स्पो विद्युतीय माध्यमबाट सञ्चालन गरिने

भारतमा पहिलो पटक कार्पेट एक्स्पो विद्युतीय माध्यमबाट सञ्चालन गरिने



काठमाडौं । भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ । कार्पेट निर्यात प्रर्वद्धन परिषद्ले आयोजना गरेको ४० औँ एक्स्पोको विद्युतीय माध्यमबाट सञ्चालन गर्ने तयारी भएको हो ।

एक्स्पो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्स्पो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ ।

यस एक्स्पोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रर्वद्धन गर्ने मौकाका रुपमा लिइन्छ । उनीहरुले आफ्ना उत्पादनका बारेमा क्रेताहरुलाई बुझाउन पाउनेछन् भने कतिपय एजेण्डाहरुका बारेमा पनि छलफल गर्नेछन, परिषदद्धारा जारी वक्तव्यमा लेखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL