Logo

भारतीय अर्बपति अम्बानीले वारेन बफेटलाई पछि पारे, बने विश्वको सातौ धनी

भारतीय अर्बपति अम्बानीले वारेन बफेटलाई पछि पारे, बने विश्वको सातौ धनी



काठमाडौं । भारतीय मुलका व्यापारी मुकेश अम्बानी विश्वकै सातौँ धनी बनेका छन् । एशियाका सबैभन्दा धनि व्यक्ति अम्बानी रिलायन्स इण्डस्ट्रिजका चेयरम्यान हुन् ।

शुक्रवार प्रकाशित एक रिपोर्टमा उनी विश्वकै सातौँ धनी व्यक्तिको सूचीमा परेका हुन् । उनको नेट वर्थ २ अर्ब डलरबाट बढेर ७०.१० अर्ब डलर पुगेको छ ।

फोर्ब्स रियल टाइम बिलिनेयर र्याङ्किङ्सका अनुसार अम्बानीले निवेशक बर्कशायर ह्याथका वारेन बफेट, गूगलका ल्यारी पेज र सर्जी ब्रिनलाई पछाडि पारेका छन् ।

विश्वका १० धनी व्यक्तिको सूचीमा रहेका अम्बानी एशियाका एक मात्र व्यक्ति हुन् । २० दिन पहिला अम्बानी ९ औँ स्थानमा थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL