Logo

कोरोना कहर : एकै दिनमा २ लाख १३ हजार संक्रमित, विश्वभर संक्रमितको संख्या १ करोड २० लाख नाघ्यो (अपडेट)

कोरोना कहर : एकै दिनमा २ लाख १३ हजार संक्रमित, विश्वभर संक्रमितको संख्या १ करोड २० लाख नाघ्यो (अपडेट)



काठमाडौं । झनै तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा २ लाख १३ हजार २ सय ८० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट ५ हजार ५ सय १८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१ हजार ८ सय ४८ जना संक्रमित थपिएका छन् भने ८ सय ९० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिदा १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा २५ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि हुँदा ४ सय ९१ जनाको मृत्यु भएको छ ।

बुधबार एकै दिनमा दक्षिण अफ्रिकामा ८ हजार ८ सय १०, रुसमा ६ हजार ५ सय ६२, मेक्सिकोमा ६ हजार २ सय ५८, कोलम्बियामा ४ हजार १ सय ४४, पेरुमा ३ हजार ६ सय ३३, बंगलादेशमा ३ हजार ४ सय ८९, पाकिस्तानमा २ हजार ९ सय ८० जना संक्रमित भएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार बिहीबार विहानसम्ममा १ करोड २० लाख १२ हजारभन्दा धेरै व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् भने ५ लाख ४८ हजार ८ सय २२ जनाको मृत्यु भएको छ।

कोरोनबाट सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा रहेका छन् । जहाँ ३० लाख ५३ हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ३२ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।

दोस्रो बढि प्रभावित मुलुक ब्राजिलमा १७ लाख १३ हजार १ सय भन्दा धेरै संक्रमित हुँदा ६७ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । कोरोनाबाट अत्ति प्रभावित मुलुको तेस्रो सूचीमा रहेको भारतमा बिहीबार बिहानसम्ममा ७ लाख ४२ हजार ४ सयभन्दा बढि संक्रमित भएका छन् भने २० हजार ६ सय ४२ जनाको मृत्यु भएको छ । नेपालमा भने १६ हजार ४ सय २३ जना संक्रमित हुँदा ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL