Logo

भारतमा कोरोनाविरुद्धको खोप १५ अगस्टसम्ममा उपलब्ध हुन सक्ने, होला त सफल ?

भारतमा कोरोनाविरुद्धको खोप १५ अगस्टसम्ममा उपलब्ध हुन सक्ने, होला त सफल ?



काठमाडौं । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको हो ।

यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् । आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधारणका लागि उपलब्ध गराउन सकिने जनाएको छ ।

क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए ।

पत्रमा डाक्टर भार्गवले लेखेका छन्, ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ । कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।’

‘क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ । भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL