Logo

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाघ्यो, संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार नजिक (अपडेट)

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाघ्यो, संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार नजिक (अपडेट)



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ११ लाख ८१ हजार ५४८ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ६२ लाख ६७ हजार ६३१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ६३ हजार २५४ जना, बेलायतमा ४४ हजार १३१ जना, इटालीमा ३४ हजार ८३३ जना र फ्रान्समा २९ हजार ८८३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २८ लाख ९० हजार ५८२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १५ लाख ४३ हजार ३४१ जना, रसियामा ६ लाख ६७ हजार ८८३ जना, भारतमा ६ लाख ४९ हजार ८८९ जना र स्पेनमा २ लाख ९७ हजार ६२५ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १२ लाख ११ हजार ९६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ९ लाख ४५ हजार ९१५ जना, रसियामा ४ लाख ३७ हजार ८९३, भारतमा ३ लाख ९४ हजार ३१९ र चिलीमा २ लाख ५३ हजार ३४३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL