Logo

चीन र भारतबीच तनावकै बीचमा चीन समर्थित एआईआईबी बैंकको घोषणा, भारतलाई ७५० मिलियन अमेरिकी डलर ऋण दिने

चीन र भारतबीच तनावकै बीचमा चीन समर्थित एआईआईबी बैंकको घोषणा, भारतलाई ७५० मिलियन अमेरिकी डलर ऋण दिने



काठमाडौं । चीन र भारतबीच केही समययता सीममा निकै तनाव छ । तनावकै बीच मंगलबार भएको भिडन्तमा भारतका २० सैनिकको मृत्युसमेत भएको छ । तर, यसैबीच चीन समर्थित एसियाइ पूर्वाधार लगानी बैंक (एआईआईबी) ले भारतलाई ७५० मिलियन अमेरिकी डलर ऋण दिने स्वीकृत गरेको छ।

laxmi

कोरोनाभाइरस महामारीको कारण मारमा परेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोगका लागि भारतलाई सो बैंकले ऋण सहयोग गर्ने भएको हो । यस परियोजनालाई एसियाली विकास बैंक सहलगानीकर्ता रहेको छ ।

यस परियोजनाले व्यवसायहरुको लागि आर्थिक सहायता सुदृढीकरण, सामाजिक सुरक्षाको विस्तार र स्वास्थ्य सेवा बढाउने लक्ष्य राखेको छ।

गत मेमा एआईआईबीले महामारीको लागि भारतको आपतकालीन प्रतिक्रियालाई सहयोग गर्न पाँच सय मिलियन अमेरिकी डलर ऋण दिने अनुमोदन गरेको थियो। यी दुबै ऋण १० अर्ब डलर कोषको हिस्सा हो, जुन एआईआईबीले सार्वजनिक र निजी क्षेत्रलाई प्रकोपको सामना गर्न दिन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL