Logo

कोरोना कहर : विश्वभर ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किए, ५४ हजार बढी गम्भीर अवस्थामा (अपडेट)

कोरोना कहर : विश्वभर ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किए, ५४ हजार बढी गम्भीर अवस्थामा (अपडेट)



काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

५४ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । यो भाइरसले पछिल्लो समय लेटिन अमेरिकन देशहरुमा भयावाह स्थिति सिर्जना गरेको छ ।

भाइरस नियन्त्रणका लागि १५० भन्दा बढी टोलीको वैज्ञानिकहरु भ्याक्सिन बनाउन लागि परेका छन् । तर, हालसम्म ठोस सफलता पाउन सकेका छैनन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ । कुल संक्रमितमध्ये ६ लाख २५ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL