Logo

भारतमा पुन: १ महिना थपियाे लकडाउन, जुन ८ देखि अनलककाे माेडालिटी अपनाईने

भारतमा पुन: १ महिना थपियाे लकडाउन, जुन ८ देखि अनलककाे माेडालिटी अपनाईने



काठमाडौं । भारतले जून ८ देखि लकडाउन खुकुलो बनाउने भएको छ । भारतले थप एक महिना लकडाउन लम्ब्याउने निर्णय गरेपनि जून ८ देखि भने लकडाउनलाई केही खुकुलो बनाउने भएको छ ।

भारत सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णयसमेत गरको छ । पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने छन ।

त्यसपछि भने विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने र पछिललो चरणमा भने अन्तरराष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुललगायत खोलिने भएको छ/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL