Logo

कोरोना परीक्षणमा आश्चर्यजनक रेकर्ड : चीनले एकैदिन करिब १५ लाख र भारतले एकै दिन सवा लाखको कोरोना परिक्षण गरे

कोरोना परीक्षणमा आश्चर्यजनक रेकर्ड : चीनले एकैदिन करिब १५ लाख र भारतले एकै दिन सवा लाखको कोरोना परिक्षण गरे



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न अहिले विश्वका सबै राष्ट्रको प्रमुख प्राथमिकता नागरिकको कोरोना परीक्षण गर्नु र उपचार गर्नु हो । नेपालमा पनि अहिले परीक्षणको क्रम चलिरहेको छ ।

laxmi

तर, त्यो परीक्षणको गति यति सुस्त छ कि सुन्दै दिक्क लाग्छ । तर, कोरोना परीक्षणमा चीन र भारतले भने आश्चर्यजनक रेकर्ड बनाएका छन् । चीनले एकैदिन करिब १५ लाख जना र भारतले एकै दिन सवा लाखको कोरोना परिक्षण गरेर परीक्षणमा रेकर्ड बनाएका हुन् ।

चीनको वुहानमबाट शुरु भएको कोरोना भाइरसले पूरा विश्वलाई आक्रान्त बनाइदिएको छ । तर, अहिले वुहानको अवस्था सामान्य छ । तर, चिनियाँ अधिकारीहरुले २ हप्ताभित्र बुहानका प्रत्येक व्यक्ति अर्थात १ करोड १० लाखको कोरोना परीक्षण गर्ने घोषणा गरिसकेका छन् ।

उनीहरुका अनुसार चीनको कारोबार तथा स्कूलहरु खोल्नुअघि यसरी परीक्षण गर्न अत्यावश्यक छ । यो क्रममा कुनै लक्षण नै नभएका कोरोना संक्रमितहरु समेत पत्ता लाग्ने अपेक्षा गरिएको छ ।

यो सिलसिलामा वुहानमा १८ मेमा ४ लाख ६७ हजार ८४७ जनाको परीक्षण गरियो । बिहीबार वुहानमा एकैदिन १० लाख भन्दा बढीको टेस्ट गरिएको छ । शुक्रबार त चीनले पूरा विश्वलाई आश्चर्यमा पार्दै १४ लाख ७० हजार ९५० व्यक्तिको कोरोना टेस्ट गर्यो ।

दैनिक लाखौंको टेस्ट भए पनि वुहानमा कोरोनाका नयाँ संक्रमित भने फेला परेका छैनन्, यसलाई चिनियाँ अधिकारीहरुले सुखद कुरा भनेका छन् । चीनमा ८४ हजार बढीमा कोरोना संक्रमण भएको थियो । यीमध्ये ४ हजार ६०० व्यक्तिको ज्यान गएको थियो ।

भारतमा एकै दिनमा सवा लाखको कोरोना परिक्षण

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ ।

भारतमा अहिलेपनि कुल ६९ हजार ५९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५१ हजार ७८४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL