Logo

अमेरिकाद्वारा ४ खर्ब ८४ अर्ब डलरका राहत प्याकेज घोषणा, विधेयक अनुमोदन

अमेरिकाद्वारा ४ खर्ब ८४ अर्ब डलरका राहत प्याकेज घोषणा, विधेयक अनुमोदन


बिजखबर संवाददाता
2.1k
Shares

काठमाडौं । अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब बराबरको राहत प्याकेजको घोषणा गरेको छ । बिहीबार उक्त राहत प्याकेजसम्बन्धी विधेयक अनुमोदन गरिएको हो । उक्त राहत प्याकेजमार्फत साना व्यवसायीलाई ऋण दिने, अस्पताल तथा कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँका लागि आर्थिक सहयोग उपलब्ध गराउने उद्धेश्य रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यससम्बन्धी कानुनमा चाँडै हस्ताक्षर गर्ने बताएका छन् ।

laxmi

उक्त राहतसम्बन्धी विधेयकको पक्षमा तीन सय ८८ मत खसेको थियो भने विपक्षमा मात्र पाँच मत खसेको थियो । यो राहत प्याकेज अनुमोदनसँगै अमेरिकी सरकारले कोरोनाविरुद्धको लडाइँमा खर्च गर्ने रकम झण्डै ३० खर्ब अमेरिकी डलर पुगेको छ ।

अमेरिकामा गएको मार्चदेखि बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरुको सङ्ख्या दुई करोड ६० लाख नाघेको छ । गएको एक हप्तामा थप ४४ लाख जनाले बेरोजगार भएको दाबी गर्दै आवेदन दिएका हुन् ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL