Logo

रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता, फेसबुकले भारतीय कम्पनी जियोमा लगानी गर्ने

रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता, फेसबुकले भारतीय कम्पनी जियोमा लगानी गर्ने



काठमाडौं । रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको छ । सम्झौता अनुसार फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गर्ने भएको छ । लगानी पछि जियोको करिब १० प्रतिशत सेयर फेसबुकले खरिद गर्नेछ ।

laxmi

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको जानकारी दिएको छ ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् । (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस्
MBL