Logo

विश्वकै खतरा भनिएका उत्तर कोरियाली नेता किम गम्भीर बिरामी, ब्रेन डेडको अनुमान

विश्वकै खतरा भनिएका उत्तर कोरियाली नेता किम गम्भीर बिरामी, ब्रेन डेडको अनुमान



काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–उन गम्भीर बिरामी भएका छन् । उनको अवस्था पछिल्लो १ हप्तादेखि गम्भीर भएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ ।

सीएनएनका अनुसार मंगलबार अमेरिकी जासुसी संस्थालाई किम बीरामी भएको पत्ता लगाईएको हो । उनको केही दिनअघि सर्जरी गरिएको र मस्तिष्क मृत घोषणा भइसकेको दाबी गरिएको छ ।

उनको मुटुसम्बन्धी रोगको उपचार चलिरहेको थियो । रिपोर्टका अनुसार उनको सर्जरी भएपछि अवस्था झन् बिग्रिएको हो । उनको उत्तर कोरियाली राजधानी प्योङयाङभन्दा केही पर हयाङसानमा उपचार भइरहेको जनाइएको छ ।

यो अड्कललाई उनी देशको स्थापना दिवस तथा स्वर्गीय हजुरबाको १०८ औं जन्मदिनका कार्यक्रममा सहभागी नभएपछि झन् बल पुगेको छ ।

उता, डेली एनकेको रिपोर्टमा पनि तानाशाह किमको अवस्था निकै बिग्रिएको समाचार छापिएको छ । उनको मोटोपना र चुरोट सेवन गर्ने बानीका कारण मुटुमा समस्या देखिएको बताइएको छ ।

त्यसो त किम पछिल्लो पटक ११ अप्रिलमा सार्वजनिक रुपमा देखिएका थिए । उनले त्यसदिन कोरोनाभाइरसविरुद्ध कडा जाँच गर्न निर्देशन दिएका थिए ।

त्यसपछि उनी उत्तर कोरियाले निकै महत्वपूर्ण मानेको मिसाइल परीक्षणमा पनि १४ अप्रिलमा सहभागी भएका थिएनन् । सीएनएनबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL