Logo

जर्मनीले चीनलाई पठायो कोरोना भाईरसबाट क्षति भएको भन्दै १ खर्ब ३० अर्ब यूरो क्षतिपूर्तिको बिल, अरु शक्ति राष्ट्र पनि चीनसँग आक्रोशित

जर्मनीले चीनलाई पठायो कोरोना भाईरसबाट क्षति भएको भन्दै १ खर्ब ३० अर्ब यूरो क्षतिपूर्तिको बिल, अरु शक्ति राष्ट्र पनि चीनसँग आक्रोशित



काठमाडौं । चीनका कारण कोरोना भाईरसबाट आफ्नो देशमा क्षति भएको भन्दै जर्मनीले चीनसँग १ खर्ब ३० अर्ब यूरो क्षतिपूर्तिको दाबी गरेको छ । जर्मनीले चीनसँग आक्रोश व्यक्त गर्दै १ सय ३० विलियन युरोको बिल पठाएको हो । कोरोना भाईरसका कारण भएको क्षतिको चीनलाई आरोप लगाउँदै जर्मनीले उक्त बिल बेईजिङ पठाएको हो । जर्मनीसँगै फ्रान्स, अमेरिका र बेलायत पनि चीन कोरोना भाईरसको उद्गमस्थल भएको भन्दै आक्रोशित छन् ।

laxmi

जर्मनीका सबैभन्दा ठूलो पत्रिका बम्बसेलले चीनविरुद्ध १ सय ३० विलियन युरोको बिल पेश गर्ने उल्लेख गरेको छ । उक्त बिलमा पर्यटन क्षेत्र खस्केको मा २७ विलियन युरो, सिनेमा उद्योगको ७ दशमलव २ विलियन युरो, एयरलाईन्स कम्पनी लुफ्थान्सा रोकेको १ विलियन युरो र साना व्यवसाय रोकिएकोमा ५० विलियन युरो समावेश गरिएको छ ।

चीनले कोरोना भाईरसका कारण भएको क्षति लुकाएको र संक्रमितको संख्यामा पनि कमी देखाएका कारण यसको उत्पत्तिको रहस्य पत्ता नलागेको यी राष्ट्रहरुले दाबी गर्दै आएका छन् । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले जानीजानी कोरोना भाईरस फैलाएको प्रमाणीत भएको खण्डमा ठूलो परिणाम बेहोर्नुपर्ने चेतावनी दिएका थिए ।

उनले चीनले कोरोना भाईरस फैलनुअगावै रोक्न सक्ने बताउँदै चीनकै कारण विश्वले दुख पाईरहेको जानकारी दिएका छन् । उनले गल्ती भएको रहेछ भने गल्ती हुने तर जानी जानी गरिएको रहेछ भने नराम्रो परिणाम भोग्नुपर्ने समेत बताए ।

राष्ट्रपति ट्रम्प र उनका समकक्षीहरुले चीनले कोरोना भाईरसको महामारीलाई पारदर्शी ढंगले प्रस्तुत नगरेको आरोप लगाईरहेका छन् । गत हप्ता कोरोना भाईरसको महामारीको उदगमस्थल मानिएको चीनको वुहान सहरमा संक्रमितको संख्या ५० प्रतिशतले घटाईएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL