Logo

लकडाउन चाडै खुला गरे कोरोनाको ‘घातक पुनरोदय’ हुने डब्लुएचओको चेतावनी, यस्ता छन् बच्ने नयाँ उपाय

लकडाउन चाडै खुला गरे कोरोनाको ‘घातक पुनरोदय’ हुने डब्लुएचओको चेतावनी, यस्ता छन् बच्ने नयाँ उपाय



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर जारी लकडाउनलाई छिटो खुकुलो बनाए कोरनो भाइरसको ‘घातक पुनरोदय’ हुने चेतावनी दिएको छ । पछिल्लो समय विश्वका धेरै देशले लकडाउनलाई केही खुकुलो पार्दै लगेको अवस्थामा डब्लुएचओले भने उक्त चेतावनी दिएको हो ।

डब्लूएचओका प्रमुख डा. टेड्रस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका ’लकडाउन’ खोल्न हतार गरिए त्यसले भाइरसको ‘घातक पुनरोदय’ हुनसक्ने चेतावनी दिएका हुन् । साथै उनले देशहरूलाई लकडाउन खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् ।

केही दिनयता कोरोना भाइरस संक्रमणको ठूलो जोखिममा रहेको रेको इटली र स्पेनले लकडाउनलाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससले उक्त चेतावनी दिएका हुन् । धेरै देशहरुले लकडाउनका कारण गम्भीर आर्थिक समस्या झेलिरहेको भन्दै केही खुकुलो पार्ने बताएका थिए ।

विश्वभर कोरोना सङ्क्रमितको संख्या १६ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो समय भाइरसको संक्रमण अझै बढिरहेको अवस्थमा जिनिभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रसले युरोपेली देशहरूमा भने संक्रमणको संख्या संन्तोषजनक रुपमा गटिरहेको बताए ।

पछिल्लो समय डब्लुएचओले विभिन्न देशका सरकारहरूसँग मिलेर लकडाउन खुकुलो पार्ने रणनीति तय गरिरहेको भएपनि तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए । ‘लकडाउन तत्काल खुकुलो बनाए कोरोना भाइरसको घातक पुनरोदय हुनसक्छ,’ उनले भने ।

यसैबीच ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिर्क्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताएकी छिन् ।

तर डा. टेड्रसले अमेरिका, युरोपलगायतका देशमा कोरोनाको संक्रमण उच्चतहमा पुग्न लागेपनि अब अन्य देशमा तीव्र दरले फैलिने चेतावनी दिएका छन् । साथै पछिल्लो समय अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको र यसले बढी असर गर्नसक्ने उनले बताए ।

‘सङ्क्रमण फैलिएमा शहरको जस्तो सुविधा उपलब्ध नभएको ग्रामीण क्षेत्रका पहिलेदेखिनै चापमा परेका स्वास्थ्य प्रणालीहरूमा अत्यन्त कठिनाइ हुनसक्छ,’ उनले भने, ‘कोरोनाले भर्खर भर्खर कोरोनाको संक्रमण देखिन थालेका देशहरु उच्च जोखिममा छन् ।’

कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थमा लकडाउन नै उत्तम विकल्प भएको समेत डब्लुएचओले जानकारी दिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL