Logo

कोराना अर्थतन्त्र उकास्न युरोपियन मुलुकको नयाँ कदम, ५ सय बिलियन युरोको प्याकेज ल्याउन सहमत

कोराना अर्थतन्त्र उकास्न युरोपियन मुलुकको नयाँ कदम, ५ सय बिलियन युरोको प्याकेज ल्याउन सहमत



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण अर्थतन्त्रमा असर परेसँगै युरोयिन मुलुका अर्थमन्त्रीहरु ठूलो रकमको राहत प्याजेक ल्याउन सहमत देखिएका छन् ।

कोरोनाका कारण सिथल अर्थतन्त्र उकास्नका लागि युरोपेली युनियनका अर्थ मन्त्रीहरु ५ सय बिलियन युरोको राहत प्याकेज ल्याउने प्रस्तावमा सहमत भएका हुन् ।

युरोपियन युनियन राष्ट्रहरुको लामो छलफल सहमति पछि युरोपेली समूहका प्रमुख मारिओ सेन्तेनोले अर्थतन्त्र उकास्नका लागि ५ सय बिलियन युरोको राहत प्याकेज ल्याउने सहमति बताए ।

अर्थमन्त्रीहरु सहमत भएको प्याकेज युरोपियन सेन्ट्रल बैंकले भनेको जस्तो आकारको भने होइन । यस अघि इसिबीले कोरोना भाइरसका कारण युरोपको अर्थतन्त्रमा परेको असरबाट माथि उठ्न १ दशमलव ५ ट्रिलियन युरोको राहत प्याकेज चाहिने बताएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL