Logo

कोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी

कोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी



काठमाडौं । साउदीअरेबियाका स्वास्थ्य मन्त्री तफिक अल रवियाले आफ्नो देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका छन । उनले कोभिड १९ (कोरोना भाईरस)ले अबको केही हप्तामै महामारी लिन सक्ने भन्दै देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका हुन ।

laxmi

स्वास्थ्यमन्त्रीले आगामी केही सातामा कोभिड–१९ संक्रमितको संख्या २ लाख पुग्न सक्ने बताएका छन । उनले मंगलबार सो कुरा बताउँदै आफ्ना देशका सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएका हुन । साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना संक्रमणका विरामीको संख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएका हुन ।

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, ‘अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा संक्रमण दर बढ्नसक्ने बताएका छन् । यो संख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।’ विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL