Logo

अनिवार्य घरभाडा घटाउन अष्ट्रेलियाका प्रधानमन्त्रीकाे निर्देशन, नेपालमा घरभाडा छुटको विषय हरायो !

अनिवार्य घरभाडा घटाउन अष्ट्रेलियाका प्रधानमन्त्रीकाे निर्देशन, नेपालमा घरभाडा छुटको विषय हरायो !



काठमाडौं । अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने भएको छ । अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार क्यानबेरामा भएको पत्रकार सम्मेलनमा उक्त कुराको घोषणा गर्दै कानुन बनाएर लागु गरिने बताएका छन् ।

laxmi

कोरोना भाइरस (कोभिड–१९) को सड्क्रमणका कारण आर्थिक गतिविथि ठप्प भइरहेको बेला साना तथा मझौला व्यापारीहरूलाई राहत दिने गरी प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन् । उनले त्यस्ता खालका व्यापारीहरुले कम घर भाडा तिरे पनि हुने र यस्तो बखतमा घरधनीले सम्झौता उल्लङ्घन हुन नदिने तथा धरौटी जफत पनि नहुने खालको नयाँ आचारसंहिता बनाउन लागेको घोषणा गरेका हुन् ।

गोरिसनले गरेको घोषणा अनुसार राज्य तथा प्रादेशिक सरकार हरुले आ–आफ्ना क्षेत्राधिकारमा रहेका घरधनीहरूले भाडा घटाउनै पर्ने गरी उक्त आचार संहिता अनुरूपको कानुन बनाएर लागू गर्नेछन् ।

सँगै व्यावसायिक रूपमा घर भाडा घटाउन घरधनीहरूले भाडा दरमा छुट र स्थगनको बाटो लिनुपर्नेछ । हाललाई यो सुविधा जबकिपर कार्यक्रमका लागि योग्य ठहरिएका र पाँच करोड डलर वा सोभन्दा कमको कारोबार गर्ने भाडावालहरूलाई लागू हुनेछ ।

तर, आवासीय घर भाडाको हकमा भने आउँदो दिनहरुमा निर्णय गरिने बताएका छन् । मरिसनका अनुसार राज्य तथा प्रादेशिक सरकारले यसबारेमा छुट्टाछुट्टै व्यवस्था गर्ने जानकारी दिएका छन् ।

नेपालमा पनि सरकारले कोरोना भाइरस संक्रमणका कारण परेको असरले सर्वसाधारणहरुलाई असर परेको भन्दै सरकारले एक महिनाको घरभाडा छुट दिन सबै घरधनीहरुलाई अनुरोध गरिएको थियो । तर, नेपालमा घरधनीहरुको अनिच्छा र बाध्यकारी व्यवस्था नहुँदा घरभाडा छुटको विषय हराउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL