Logo

कोरोना कहर : बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्य थप बिग्रियो, आइसियुमा राखियो

कोरोना कहर : बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्य थप बिग्रियो, आइसियुमा राखियो



काठमाडौं । आइतबार अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य बिग्रिए पछि उनलाई सघन उपचार कक्ष (आइसीयु) मा सारिएको उनको कार्यालयले जनाएको छ ।

laxmi

कोरोना भाइरसबाट संक्रमित भए पछि गत महिनादेखि नै स्व–एकान्तवासमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई आइतबार राति लण्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोमबार दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो । उनको कार्यालय टेन डाउनिंग स्ट्रीटले स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । तर, सोमबार बेलुका उनको स्वास्थ्य अवस्था बिग्रिएको समाचारहरुमा जनाइएको छ ।

प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुखको समाचार भएको बताए । उनले यो अत्यन्तै कठिन समयमा सिंगै देश प्रधानमन्त्री र उनको परिवारको साथमा रहेको पनि जनाए ।

लन्डनका मेयर सादिक खानले प्रधानमन्त्री जोनसनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । ५५ वर्षीय प्रधानमन्त्री जोनसनले सोमबार एक ट्वीट गर्दै आफू आफ्ना चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना भएको र आफ्नो मनोबल उच्च रहेको बताएका थिए । उनको कार्यालयले प्रधानमन्त्री जोनसनले अवश्यकता अनुसार आफ्नो काम गर्न विदेश मन्त्री डोमिनिक रावलाई तोकेको जनाएको छ । प्रधानमन्त्री जोनसनकी गर्भवती प्रेमिका क्यारी सिमंड्स पनि छुट्टै एकान्तवासमा बसीरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL