Logo

महामारीसँगै दोब्बरले बढ्यो कण्डमको माग, अभाव हुने डरसँगै मूल्य पनि बढ्ने

महामारीसँगै दोब्बरले बढ्यो कण्डमको माग, अभाव हुने डरसँगै मूल्य पनि बढ्ने



काठमाडौं । विश्वकै सबैभन्दा धेरै कण्डम उत्पादक कम्पनी मलेसियास्थित कारेक्स बीएचडीले पछिल्लो समय कण्डमको आपुर्तीमा ५० प्रतिशतले गिरावट आएको बताएको छ । मलेसियास्थित कारेक्स बीएचडी हालसम्मकै धेरै कण्डम उत्पादन गर्ने कम्पनीले शुक्रबार मात्रै आफ्नो एक हप्ताको लकडाउनपछि कण्डम उत्पादन थाल्यो । त्यहीपनि आधा श्रमिकबाट मात्रै ।

laxmi

मलेसियालगायत विश्वभर कोरोना भाईरसको त्रास बढ्दै जाँदा उक्त कम्पनीले आफ्ना कामदारलाई विदा दियो र कम्पनी पनि बन्द भयो । कम्पनीका अनुसार कण्डम उत्पादन गर्ने प्रमुख देशहरु चीन र भारत हुन् तर ती देशहरुमा महामारीका कारण कम्पनीहरु बन्द भएका कारण कण्डमका उत्पादनमा बाधा पुगेको छ । महामारी फैलिसकेपछि कण्डमको मागको वृद्धिदर दिनप्रतिदिन दोहोरो अंकले बढेको छ ।

मलेसियास्थित उक्त कम्पनीले विभिन्न फ्लेभरका कण्डमहरु उत्पादन गर्दै आईरहेको छ । विश्वमा भएका ५ भाग कण्डममध्ये १ भाग कण्डम उत्पादन गर्ने उक्त कम्पनीले पछिल्लो समय माग ह्वात्तै बढेको बताएको हो ।

यस्तै कम्पनीले कण्डमको मूल्यमा पनि धेरै वृद्धि हुने समेत चेतावनी दिएको छ । कम्पनीले कामदारलाई पुरा तलावमा केही समय मात्रै काम गराएकाले कण्डमको माग अनुसार आपुर्ती हुन नसक्दा मुल्य बढ्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL