Logo

इटालीका एक पुरुष नर्स भन्छन्, ‘थाकिसक्यौँ, सुरुंगमा फसेजस्तो लाग्दैछ’

इटालीका एक पुरुष नर्स भन्छन्, ‘थाकिसक्यौँ, सुरुंगमा फसेजस्तो लाग्दैछ’



रोम । इटालीमा क्रेमोना शहरको एकमात्र अस्पतालका पुरुष नर्स पाओलो मिरान्डा भन्छन्, ‘सबै जना हामीलाई हिरो भन्छन् तर आफुलाई त्यस्तो लाग्दैन ।’ इटालीको लोम्बार्डी क्षेत्रको यस सानो शहरमा अहिलेसम्म दुई हजार एक सय ६७ मानिसलाई कोरोना संक्रमण भईसकेको छ र करिब दुई सयको मृत्यु भएको छ ।

आफ्नो अरु सहकर्मी जस्तै उनि पछिल्लो महिनादेखि १२ घण्टाको शिफ्ट गरिरहेका छन् । उनी भन्छन्, ‘हामी प्रोफेशनल मानिस हौँ, तर अब पुरै थाकीसकेका छौं , यस्तो लाग्छ कि हामी सबै एउटा सुरुरंगमा फसेका छौ र साबितिर केवल अध्यारो मात्र छ ।’ पाओलोलाई फोटो खिच्न निकै मन पर्छ, उनले यस महामारीको व्यस्त समयको तस्वीर लिएर सम्हालेर राख्ने निर्णय गरेका छन् ।

‘अहिले भइरहेको सबै कुराहरु म कहिले बिर्सिन चाहन्न यो एक इतिहास बन्न गइरहको छ र मसंग शब्दभन्दा पनि धेरै शक्तिशाली तस्वीरहरु छ ।’ आफ्नो तस्वीरहरुमा उनले सहकर्मीहरुका सहासको साथै उनीहरुको कमजोरीलाई पनि देखाउन चाहन्छन् । ‘एक दिन मेरो एक सहकर्मी करिडोरमा हिडदा हिड्दै कुद्न थालिन्, उनको कोरोना टेस्ट भएको थियो र उनको रिजल्ट नेगेटिभ आयो, सामन्य रुपमा उनि निकै शान्त रहने गर्दथिइन् तर उनि निकै डराएको थिइन्, आखिर उनि पनि एक मानव नै हुन् ।’

पाओलो र उनको टोलीकोलागि यो निकै अप्ठ्यारो स्थिति हो तर यस समयमा उनिहरु एकअर्कालाई सम्हाल्दै सहयोग गरिरहेका छन् । उनी भन्छन्, ‘कहिले काँही हामी आतिन्छौँ र रुन शुरु गर्छौं , जब आफुले हेरचाह गरेको बिरामीमा केही सुधार आउदैन त्यस समयमा आफु एक्लो भएको अनुभव हन्छ र असहाय भएको जस्तो लाग्छ ।’

जब यस्तो हुन्छ तब टोलीका बाँकी सदस्य तुरुन्त उसको सहयोग गर्न थाल्छन् र हौसला बढाउन त्यसलाई सजिलो बनाउन सहयोग गर्छन् । ‘हामी मजाक गर्दै एक अर्कालै हसाउने कोशिश गर्छौं, यसो गरेन भने हामी आफ्नो मानसिक सन्तुलन् गुमाउन सक्छौ ।’ इटालीमा एक महिनामा करिब ७ हजार ५ सय मानिसको मृत्यु भईसकेको छ र भने करिब ७४ हजार संक्रमित भइसकेका छन् ।

यस्तो स्थितिमा डाक्टर र नर्स विशेष गरी उत्तरी इटालीमा यस अवस्थासंग संघर्ष गरिरहेका छन् । पाओलो नौ वर्ष देखि नर्स रहेका छन्, उनले आफ्नो आँखा अगाडी धेरैको मृत्यु भएको देखेका छन्, तर यस महामारीको क्रममा सबै भन्दा दिक्क लाग्दो अवस्था भएको छ किनभने मानिसहरुको आफ्नो मान्छेसंग साथमा छैनन् ।

‘हामी सामान्य रुपमा कुनै बिरामीको मृत्यु हुँदा उनका परिवारको मानिस संगै हुन्छौ, परिवारको मानिसहरु सान्त्वना दिन र सम्हाल्नको लागि हुने गर्दछन् ।’ तर पछिल्लो महिनादेखि संक्रमणको खतराको कारण उनीहरुलाई त्यहाँ आउने अनुमति छैन, उनीहरु अस्पताल पनि आउन सक्दैनन् । ‘हामी सबै भाइरस संक्रमित मानिसको उपचार गरिरहेका छौं र उनीहरुलाई सम्पूर्ण रुपमा एक्लै छोडिदिएका छन्, एक्लै मर्नु निकै पीडादायी हुन्छ म प्राथना गर्छु कि कसैलाई यस्तो नहोस ।’

क्रेमोनाको यस अस्पताल “कोरोना भाइरसको अस्पताल” मा परिवर्तन बहेको छ । अहिले यहाँ केवल कोरोना संक्रमित बिरामीको उपचार हुन्छ भने अरु सबै केस सस्पेन्ड गरिएको छ ।
नयाँ संक्रमित बिरामीको संख्यामा वृददि भइरहेको छ तर आइसीयुमा उनीहरुको लागि पर्याप्त बेड छैन ।‘हामी अस्पताल भित्र हरेक ठाउँमा सम्भव भएसम्म बेडको व्यवस्था गरिरहेका छौं, अस्पतालमा अब कुनै ठाउँ खाली छैन ।’

अस्पतालको गेटमा ६० वटा बेड लगाइएको छ तर पनि यो पर्याप्त छैन । पाओलो यस स्थितिको सामना गर्न के गरिरहेका छन् ? यसमा उनी भन्छन्, ‘हामीहरु प्रति पुरै देशमा माया र सम्मान दिखाईरहेका छन् जसले हामीलाई अगाडी बढ्न प्रेरणा मिल्छ ।’

कतिपय मानिसले उनीहरुलाई ‘हिरो’ को संज्ञा दिएका छन् र उनीहरुको लागि उपहार पठाइरहेका छन् । पाओलो भन्छन्, ‘हामी हरेक दिन बिहान काममा आउछौ र सधै नयाँ पाउछौ, पिज़्जा, मिठाई, ड्रिंक र कफी प्याड्स जस्तो धरै वस्तु, अहले हामी कार्बको सहयोगमा आफो मनोबललाई सम्हालेर राखेका छौ ।’

उनी भन्छन् कि यसले उनीहरुलै थोरै राहत त मिल्छ तर उनीहरु आफुलाई कही पनि अस्पतालबाट टाढा राख्न सक्दैनन् । ‘जब म शिफ्ट सकेर फर्किन्छु, निकै थकाई लागेको हुन्छ तर जब निदाउने कोशिश गर्छु तब राति निन्द्रा लाग्दैन, मेरो कतिपय सहकर्मीलाई पनि यस्तै भएको छ । पाओलो हरेक दिन आफुलाइ धरै थाकेको अनुभव गर्छन् ।’ उनी भन्छन्, ‘मैले यस अध्यारो सुरुङ्गमा उज्यालो देखेको छैन, थाह छैन आब के हुन्छ, अब यसको अन्त्य हुने आशा रहेको छ ।’
-बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्
MBL