Logo

मोबाइल फोनको प्रसिद्ध विक्रेता डिक्सन्स कारफोनद्वारा करिब तीन हजार कर्मचारी कटौती गर्ने घोषणा

मोबाइल फोनको प्रसिद्ध विक्रेता डिक्सन्स कारफोनद्वारा करिब तीन हजार कर्मचारी कटौती गर्ने घोषणा



काठमाडौं । बेलायतको मोबाइल फोनको प्रसिद्ध विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै उसले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा विक्री पसललाई बन्द गर्ने र यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ ।

कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको समय अनुसारको छनौट र कोरोना भाइरसको प्रभाव रोजगारी कटौतीको आधार भएको जनाएको छ । सन् २०१४ मा विद्युतीय सामानको खुद्रा विक्रेता डिक्सन्स र मोबाइल टेलिकम समूह कारफोन वेयरहाउसलाई मिलाएर डिक्सन्स कारफोन कम्पनी बनाएको थियो । कम्पनीले अप्रिल ३ पछि सबै ५३१ मोबाइल स्टोरहरूलाई बन्द गर्ने बताएको छ ।

यो समूहले आगामी दिनमा मोबाइल फोनको अनलाईन वितरक ३०५ करीस पीसी वर्ड शाखाहरूबाट मोबाइल फोन तथा अन्य उत्पादनहरूलाई विक्री गर्ने बताएको छ । मोबाइल फोन शाखामा रहेको घाटा व्यवस्थापन गर्न र कम्पनीलाई लाभ हुनेगरी नयाँ निर्णय लिन लागेको बताएको छ । समूहले यस वर्ष नौ करोड पाउण्डस्टर्लिङ (करिब १० करोड ९० लाख अमेरिकी डलर बराबर) को क्षति व्यहोर्ने अनुमानपछि उक्त कदम चालेको बताइएको छ ।

ग्राहकहरूले मोबाइल उपकरण र कनेक्टिभिटी किन्ने तरिका परिवर्तन गर्दैछन् । उनीहरूले मोबाइल सेटहरू प्रायः प्रतिस्थापन गरेपछि अर्को किन्ने क्रममा पछिल्लो समय अनलाइन सेवाबाट लिने क्रम बढेपछि कम्पनीले पसलहरूलाई राख्नु घाटाको व्यापार गर्नुजस्तो भएकोले कम्पनीले पछिल्लो निर्णय लिएको हो । यसबाट प्रत्यक्ष करिब तीन हजार व्यक्तिले रोजगारी गुमाउनेछन् भने अन्य एक हजार ८०० कर्मचारीलाई पनि निर्णयले प्रभावित तुल्याउने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL