Logo

एशियाकै धनी ज्याक माको घोषणा, अमेरिकालाई दिने भए ५ लाख उपकरण र १० लाख मास्क

एशियाकै धनी ज्याक माको घोषणा, अमेरिकालाई दिने भए ५ लाख उपकरण र १० लाख मास्क



काठमाडौं । एशियाकै धनी चीनका ज्याक माले अमेरिकाका लागि ५ लाख ओटा कोरोना संक्रमण जाँच गर्ने उपकरण उपलब्ध गराउने भएका छन । अलिबाबाका संस्थापक ज्याक माले शुक्रबार अमेरिकाले भोगिरहेको उपकरण अभावलाई न्यूनीकरण गर्न उनले उक्त उपकरण दिने घोषणा गरेका हुन ।

अमेरिकामा हाल कोरोना भाईरसका कारण रोग संक्रमण जाँच गर्ने उपकरण तथा मास्कको अभाव भएको थाहा पाएपछि ज्याकमाले ५ लाख ओटा उपकरण र १० लाख ओटा मास्क दिने बताएका हुन ।

विश्व स्वस्थ्य संगठनले गत बिहीबार कोरोना भाइरस (कोभिड—१९) लाई विश्व महामारी घोषणा गरिसकेको छ । तर, चीनबाट सुरु भएको उक्त महामारी चीनमा भने केही नियन्त्रणमा आएको विभिन्न अन्तरराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

पछिल्लो समय विश्वमा यसको महामारी फैलिरहेको बेला दैनिक उपभोग्य सामानहरुको समेत अभाव भईरहेको अवस्था छ । यस्तो बेला अमेरिकाका ठुला केही सुपरमार्केटहरुमा अत्यावश्यक बस्तुको अभाव भईरहेको खबर आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL