Logo

‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय, कोरोना भाइरस होइन कारण

‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय, कोरोना भाइरस होइन कारण



काठमाडौं । इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको ।

कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । इरानी वायुसेवा कम्पनीले आइतबार एक विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो ।

यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई यूरोपेली अधिकारीहरूले विनाकारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ ।

यूरोपेली उड्ययन सुरक्षा निकाय (इएएसए) ले खासगरी एउटा एअरबस ए३२१–२०० र अन्य दुईवटा एअरबस ए३३०–२०० इरान एअरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो । ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ ।

स्वीडेनले यही मार्च २ मा एअर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो । तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको माहामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस सङ्क्रमण नभएको उल्लेख गरिएको थियो । रासस

इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्र्याङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL