Logo

विश्व सेयर बजारमा लगानीकर्ताले गुमाए ३ लाख करोड डलर, कोरोना भाइरस कारण

विश्व सेयर बजारमा लगानीकर्ताले गुमाए ३ लाख करोड डलर, कोरोना भाइरस कारण



काठमाडौं । नेपालको सेयर बजार बढिरहँदा बिश्व एशियाका प्रमुख राष्ट्र, अमेरिका र युरोपका सेयर बजारमा भने भारी गिरावट आएको छ ।

laxmi

कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व सेयर बजारमा यसको प्रत्यक्ष असर परेको र यसैका कारण लगानीकर्ताले करोडौं रकम गुमाएका छन् ।

अमेरिकी बेन्चमार्क एसएण्डपी ५०० मा एकै दिन ४ दशमलव ४ प्रतिशतको गिरावट आएको छ, जुन २०११ देखि अहिलेसम्म एकै दिनमा आएको सबैभन्दा ठुलो गिरावट हो ।

गएको साता विश्व सेयर बजारको गिरावटले लगानीकर्ताले करिब ३ लाख करोड डलर गुमाएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी के डोउ जोन्स इन्डष्ट्रियल औसतमा १२ सय अंकले घटेको छ ।

त्यसै गरि एसएण्ड पी ५०० पछिल्लो साता १२ प्रतिशतले घटेको छ । बजार विश्लेषकहरुले बजार अक्टोबर २००८ पछि पहिलो पटक यति नराम्रो सँग घटेको छ । गएको सातालाई बजार विश्लेषकहरुले पछिल्लो १२ बर्षकै खराब साता भनेका छन् ।

त्यस्तै एशियाली बजारमा पनि लगातार गिरावट आएको छ । जापान दक्षिण कोरिया, थाइल्याण्डक अलावा अष्ट्रेलियाको बजारमा पनि ३ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । त्यस्तै इन्डोनेसियामा ४ प्रतिशत भन्दा बढी गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL