Logo

कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र, २ सय १३ को मृत्यु

कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र, २ सय १३ को मृत्यु



काठमाडौं । मध्ये चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताएका छन ।

laxmi

यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्याउने बताइएको छ । जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने समाचारमा जनाएको छ । अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने र दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाउने छ ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण १ हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार बिहीबार रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ/रासस (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्
MBL