Logo

विश्वकै खराव पासपोर्टको सूचीमा नेपाली पासपोर्ट, सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको

विश्वकै खराव पासपोर्टको सूचीमा नेपाली पासपोर्ट, सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको



काठमाडौं । नेपाली पासपोर्ट विश्वकै खराव पासपोर्टको सूचीमा परेको छ । विश्वका पासपोर्टको विश्लेषण गर्ने हेन्ले पासपोर्ट ईन्डेक्सले नेपालको पासपोर्ट विश्वकै खराबको सूचीमा राखेको हो । हालै सार्वजनिक गरिएको उक्त संस्थाको प्रतिवेदनमा विश्वकै खराव पासपोर्टको सूचीको दोस्रो स्थानमा नेपाल परेको छ ।

उक्त प्रतिवेदनमा उत्तरकोरिया र सुडानको पासपोर्ट विश्वकै खराव पासपोर्टको सूचीको पहिलो स्थानमा रहेका छन । यस्तै नेपाल र प्यालेस्टाईनको पासपोर्ट भने दोस्रो स्थानमा रहेका छन । संस्थाले अन्तरराष्ट्रिय नागरिक उड्यन प्राधिकरणको तथ्याङ्क, विभिन्न १ सय ९९ देशको पासपोर्ट र २ सय २७ गन्तव्यका आधारमा पासपोर्टको विश्लेषण गर्ने गरेको छ ।

संस्थाको प्रतिवेदनमा नेपालभन्दा अघि लिविया, एमन, सोमालिया, पाकिस्तान लगायतका देशहरु परेका छन । यस्तै विश्वकै शक्तिशाली पासपोर्ट भने जापानको पासपोर्टलाई राखिएको छ । यस्तै शक्तिशाली पासपोर्टको सूचीमा जापानपछि क्रमशः दक्षिण कोरिया, जर्मनी, ईटाली फिनल्याण्ड, स्पेन, लक्जमवर्ग र डेनमार्कको पासपोर्ट परेका छन । संस्थाले पासपोर्टका विभिन्न सूचक र विभिन्न देशमा यसको वैधानिकतालाई हेरेर पासपोर्टको र्याङ्किङ गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL