Logo

नेपालसहित १६४ मुलक सदस्य भएको विश्व व्यापार संगठनको अत्यधिक लाभ अमेरिका र चीनलाई

नेपालसहित १६४ मुलक सदस्य भएको विश्व व्यापार संगठनको अत्यधिक लाभ अमेरिका र चीनलाई



काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ ।

laxmi

दुई शक्तिराष्ट्रबीच महिनौँसम्मको व्यापार विवादपछि हालै केही विवादमा समाधानको दिशामा रहेका समय उक्त अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।
जर्मनीको बर्टेल्समेन फाउण्डेसनद्वारा गरिएको अध्ययनले डब्लुटीओको सदस्यताबाट अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा २५ वर्षमा ८७ अर्ब अमेरिकी डलर बराबर सहयोग पुगेको देखाएको छ ।

सन् २००१ मा सदस्यता प्राप्त गरेको चीनले सदस्यताका कारण ८६ अर्ब अमेरिकी डलर र जर्मनीले ६६ अर्ब अमेरिकी डलर बराबरको लाभ लिएका बताइएको छ ।

बर्टेल्समेनका व्यापार विज्ञ तथा अध्ययन टोलीका जेता क्रिश्टियन ब्लुथले भने, ‘कुनै पनि संगठन दोषरहित नहुनसक्छ । डब्लुटीओका कारण अन्तर्राष्ट्रिय व्यापार समृद्धिमा व्यापक क्षतिको खतरा देख्नुको सट्टा जसले द्विपक्षीय व्यापार प्रणालीमा विश्वास गर्छ उसले यसबाट भरपूर लाभ लिनसक्ने चीन र अमेरिकाको उदाहरणबाट देख्न सकिन्छ ।’

१६४ मुलकले सदस्यता लिएको विश्व व्यापार संगठनले सन् २०२० जनवरी १ मा २५ औँ स्थापना दिवस मनाउँदै छ । नेपाल पनि यसको सदस्य राष्ट्र हो । वासिङ्टनले व्यापार विवादमा मध्यस्थता गर्ने एक पुनरावेदन निकायका लागि नयाँ न्यायाधीसको नियुक्ति गर्न मानिरहेको छैन । तर पनि आगामी जनवरीमा प्रारम्भिक व्यापार सम्झौता गर्न उत्साहित बनेका वासिङ्टन र बेइजिङबीच लामो समयसम्म रहँदै आएको एक अर्काबीच अतिरिक्त कर कार्यक्रमको अन्त्यका लागि सहमति भएको छ ।

बर्टेसमेनले भने, ‘डब्लुटीओको सदस्य राष्ट्रले औसतमा कुल ग्राहस्थ उत्पादनको ४दशमलव ५ प्रतिशत लाभ पाएका छन् ।’ एक प्रतिशत विश्वव्यापी उत्पादन अर्थात् कुल वृद्धि आठ खर्ब ५५ अर्ब अमेरिकी डलर पुगेको अध्ययनले देखाएको छ ।

सन् १९८० देखि सन् २०१६ सम्ममा विश्वभर डब्लुटीओ सदस्य राष्ट्रहरूको निर्यात दरमा औसत १४ प्रतिशत वृद्धि रहेको र सदस्यता नभएका मुलुकहरूको निर्यात छ प्रतिशतले कम भएको बताइएको छ ।

फाउनडेसनले भनेको छ, ‘अहिलेसम्मउत्पादन र निर्यातका लागि बलियो देखिएका मुलुकहरूले लाभ सदस्यताको खास लाभ उठाउन सफल भएका छन् । दक्षिण कोरिया र मेक्सिकोले पनि सदस्यताको अत्यधिक लाभ लिन सफल भएका छन् ।’ तर सामान उत्पादनका क्षेत्रमा साना मानिएका यूरोपेली मुलुकहरूले भने यस प्रकारको ठूलो फाइदा उठाउन नसकेको देखिन्छ ।

फ्रान्सको उत्पादनबाट २५ अर्ब अमेरिकी डलर बेलायतले २२ अर्ब अमेरिकी डलर लाभ लिएका छन् जुन कुल ग्राहस्थ उत्पादनको औसत वृद्धिदर ४।५ प्रतिशतभन्दा कम हो । यूरोपेली आयोग प्रमुख यूर्सुला भोनदेर लेयनले सन् २०२० को सुरूमा अमेरिकी राष्ट्रपतिलाई भेट गरी केही महत्वपूर्ण बिषयमध्ये एक बिषयमाथि बृहद् छलफल गर्ने योजना सार्वजनिक गरेका छन्् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL