Logo

कम्पनी घाटामा गएसँगै १० हजार कामदार हटाउँदै निसान, संचालन नाफामा ९० प्रतिशतले गिरावट

कम्पनी घाटामा गएसँगै १० हजार कामदार हटाउँदै निसान, संचालन नाफामा ९० प्रतिशतले गिरावट



काठमाडौं । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने भएको छ । निसानले गत मे महिनामा पनि ४ हजार ८ सय जना कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर १ लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन ।

laxmi

कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको निक्कीले लेखेको छ ।

निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत सेयर लगानी रहेको छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिकालगायतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन/रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL