Logo

अमेरिकासँग हुवावेको प्रतिवन्ध फुकुवा, चीन अमेरिका व्यापार युद्ध स्थगित

अमेरिकासँग हुवावेको प्रतिवन्ध फुकुवा, चीन अमेरिका व्यापार युद्ध स्थगित



काठमाडौं । अमेरिकाले केही दिन अघि लगाएको चिनियाँ कम्पनी हुवावेको प्रतिवन्ध फुकुवा गरेको छ । जापानको ओसाकामा भएको जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपीङबीच भएको भेटवार्तामा उक्त प्रतिवन्ध फुकुवा भएको घोषणा गरिएको हो ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले हुवावेको प्रतिवन्ध फुकुवा भएको जानकारी दिएका हुन । यस्तै उक्त भेटमा ९ महिना लामो दू देशबीचको व्यापार युद्ध पनि तत्कालका लागि स्थगित भएको छ ।

उक्त भेटमा हाल अमेरिकी बस्तु चीनले लगाएको कर र चिनियाँ बस्तुमा अमेरिकाले लगाएको करको स्थगित नभएपनि व्यापार सन्तुलन कायम राख्न चीनले अमेरिकी वस्तुहरु ठुलो मात्रामा किन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL