Logo

जेट एयरवेजका बरिष्ठ प्राविधिकले गरे आत्महत्या

जेट एयरवेजका बरिष्ठ प्राविधिकले गरे आत्महत्या



काठमाडौं । जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन । भारतको महाराष्ट्र स्थित पलघर जिल्लाका ४५ बर्षिय शैलेस सिंहले आफ्नो ४ तले घरबाट हाम फालेर आत्महत्या गरेका हुन । उनी जेट एयरवेजमा बरिष्ठ प्राविधिकको रुपमा कार्यरत थिए ।

प्रहरीका अनुसार उनी लामो समयदेखि क्यान्सरबाट पिडित थिए त्यसैले डिप्रेसनका कारण उनले शुक्रबार दिउँसो आत्महत्या गरेका हुन । यस्तै कम्पनीका कर्मचारीका अनुसार पछिल्लो केही महिनादेखि आफ्नो तलव नपाएका र सोही अुनसार वित्तिय संकट झेल्नुपरेकाले आत्महत्या गरेको बताएका छन ।

उनको छोराले पनि जेट एयरवेजको अपरेशन विभागमा काम गर्दै आएका छन । जेट एयरवेजले आर्थिक संकट बेहोरेका कारण अघिल्लो बुधबार बाट आफ्ना सबै उडानहरु स्थगित गरेको छ । उडान स्थगित गरेसँगै कम्पनीका सबै कर्मचारीहरु रोजगार विहिन भएका छन । तर वित्तिय संकट भएर आत्महत्या गरेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL