Logo

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी, मार्गचित्र उपलब्ध गराउन माग

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी, मार्गचित्र उपलब्ध गराउन माग



काठमाडौं । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले हड्तालमा जाने चेतावनी दिएका छन ।

उनिहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाउँदै आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका हुन ।

निजी एयरलाइन्सलाई १ अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स संघर्षरत छ । यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयाँै उडान रद्द हुने गरेको बताइन्छ ।

भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् ।

आगामी मार्च ३१ सम्म एयरलाइन्स व्यवस्थापनले कम्पनीको प्रगति, भविष्य, समाधानको विषयमा जानकारी गराएको खण्डमा मात्र आआफ्नो कार्य सुचारु गर्ने ‘नेसनल एभीएटर गिल्ड’का उपाध्यक्ष क्याप्टेन असिम भलिआनीलाई उद्धृत गर्दै समाचारदाताहरुले बताएका छन् ।

भारत सरकारले गत मङलबार जेट एयरवेज व्यवस्थापनलाई थन्किएका विमानहरुको भविष्यको विषयमा आकस्मिक छलफलको लागि आह्वान गरेपछि परिस्थितिले यस्तो मोड लिएको हो ।

भारतीय विमान कम्पनीका पाइलट तथा अरु कर्मचारीले केही महिनादेखि तलब समेत पाएका छैनन् / रासस

प्रतिक्रिया दिनुहोस्
MBL