Logo

भारतका पूर्वअर्थमन्त्री भ्रष्टाचारको मुद्दामा मुछिए, खर्बौको आर्थिक घोटाला गरेको आरोप

भारतका पूर्वअर्थमन्त्री भ्रष्टाचारको मुद्दामा मुछिए, खर्बौको आर्थिक घोटाला गरेको आरोप



काठमाडौं । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ ।

प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो ।

उनलाई लगाइएको आरोपप्रति उनि संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ । अब यो विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।

अदालतको विषय भइसकेकाले यस बारेमा अझ धेरै बोल्न र टिकाटिप्पणी गर्न नहुने उनीहरुको भनाइ छ । काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा चिदम्बरम २ पटक अर्थमन्त्री बनेका थिए भने एक पटक गृहमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL