Logo

रुसको राष्ट्रपतिमा पुन पुटिन, ७५ प्रतिशत मतले बिजयी

रुसको राष्ट्रपतिमा पुन पुटिन, ७५ प्रतिशत मतले बिजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । रुसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन ।

पुटिनले कुल खसेको मतको लगभग ७५ प्रतिशत मत प्राप्त गरेका हुन।  यो मत प्रतिद्धन्द्धीको तुलनमा धेरै बढी हो । औपचारिक घोषणा हुन बाँकी भए पनि पुटिन जितको नजीक पुगेका छन । यो जित संगै पुटिनको चौथौ कार्यकाल सुरु हुने भएको छ ।

जित संगै पुटिनले अबको ६ वर्ष रुसको नेतृत्व गर्ने भएका छन । । विपक्षी दलका नेता एलेक्सेइ नाभाल्नीलाई निर्वाचन सम्वन्धी कानुन देखाएर चुनावमा उठन रोक लगाएको बिभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन ।  पुटिनको प्रतिद्धन्द्धी पावेल रुदिदिनले १२ प्रतिशतमात्र मत ल्याएको सञ्चारमाध्यमहरुले जनाएका छन । अधिकारीहरुका अनुसार सन २०१२ मा पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेको बताएका छन ।उनले करिब १९९९ देखि रुसमा नेतृत्व गर्दै आएका छन । आइतबार भएको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको थियो जुन अपेक्षा भन्दा कम मत हो ।

यसै बीच चिनियाँ राष्ट्रपति सी जिनपीङले रुसी राष्ट्रपति पुटिनलाई निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL