Logo

प्राइम लाइफ इन्स्योरेन्सले ल्यायो अनलाईन बीमा योजना, ५ लाखसम्मको पोलिसी खरिद गर्न सकिने

प्राइम लाइफ इन्स्योरेन्सले ल्यायो अनलाईन बीमा योजना, ५ लाखसम्मको पोलिसी खरिद गर्न सकिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईन जिबन बीमा योजना संचालनमा ल्याएको छ ।

कम्पनीले संचालनमा ल्याएको अनलाईन बीमा योजना अनुसार ग्राहकले ५ लाख रुपैयाँ सम्मको बीमालेख खरिद गर्न सक्नेछन ।

उक्त प्रविधि अन्तरगत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बीमालेख जारी हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सुरु गरेको अनलाइन प्रविधिबाट अधिकांश जनतामाझ जिवन बीमाको पहुँच पुग्ने कम्पनीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL