Logo

निशुल्क र सित्तैमा बीमा सेवा भन्दै भ्रामक प्रचार गर्न रोक, विज्ञापनमा बीमा कम्पनीको नाम खुलाउन निर्देशन

निशुल्क र सित्तैमा बीमा सेवा भन्दै भ्रामक प्रचार गर्न रोक, विज्ञापनमा बीमा कम्पनीको नाम खुलाउन निर्देशन



काठमाडौं । नेपालका विभिन्न उद्योग, व्यवसायीले अब निशुल्क बीमा वा सित्तैमा बीमा सेवा भन्दै भ्रामक प्रचार गर्न नपाउने भएका छन । बीमा समितिले एक सुचना जारी गर्दै निशुल्क बीमा, सित्तैमा बीमा लगायतका शब्दावली राखेर भ्रामक प्रचार गर्न यस्ता संस्थाहरुलाई रोक लगाएको हो ।

हाल विभिन्न उद्योग, व्यवासाय, बैंक तथा वित्तीय संस्थाहरुले यस्ता शब्दावली राखेर संचार माध्यममा प्रचार गर्दै आईरहेका छन । यस्तो प्रवृत्तिले बीमा क्षेत्रमा नै नकारात्मक असर पर्न जाने भन्दै बीमा समितिले कम्पनी वा उद्योगहरुमा यस्ता शब्द राखिएको खण्डमा बीमा कम्पनीलाई सम्झौता नगर्न सुझाव दिएको छ ।

यस्तै बीमा सेवा दिनुपर्न भए कुन कम्पनीको बीमा सेवा दिन लागेको हो उक्त कम्पनीको नाम समेत खुलाउन उद्योग व्यवसायलाई बीमा समितिले निर्देशन दिएको छ । विभिन्न उद्योग व्यवसायीले हाल आफ्नो सामानको व्यापार बढाउन बीमा कम्पनीको सहकार्यमा निशुल्क बीमा, बीमा सित्तैमा लगायतका शब्दावली राखेर प्रचार गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL