Logo

सानिमाको वार्षिक धनफिर्ता बीमा योजना, बीमाङ्कको केही रकम फिर्ता पाईने

सानिमाको वार्षिक धनफिर्ता बीमा योजना, बीमाङ्कको केही रकम फिर्ता पाईने



काठमाडौं । सानिमा लाईफ ईन्स्योरेन्सले बार्षिक धनफिर्ता योजना सार्वजनिक गरेको छ । कम्पनीले बार्षिक रुपमा बीमाङ्कको केही प्रतिशत ग्राहकलाई फिर्ता गर्ने गरी ‘सानिमा बार्षिक धनफिर्ता जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । १५ देखि ५५ बर्ष उमेर समुहका ग्राहकलाई लक्षित गरिएको उक्त बीमा योजनामा न्युनतम १ लाख रुपैयाँ देखि आयश्रोतको आधारमा अधिकतम बीमाङ्क रकम तोकिएको छ ।

laxmi

योजनामा १५ र २० बर्षे अवधिको जिवन बीमा गर्न सकिनेछ । यसको अधिकतम बीमा समाप्ती उमेर भने ७० बर्ष रहेको छ । उक्त योजनामा १५ बर्ष अवधिको जिवन बीमा गरेमा प्रत्येक बर्ष बार्षिकोत्सवमा बीमाङ्कको ६ प्रतिशतका दरले भुक्तानी ग्राहकले पाउने कम्पनीले जानकारी दिएको छ ।

यस्तै २० बर्षका लागि बीमा गर्दा बार्षिक ५ प्रतिशतका दरले भुक्तानी पाईनेछ । योजनामा बीमा समाप्ती मितिमा अग्रीम भुक्तानी गरी बाँकी रहेको बीमाङ्क र पुरा अवधिको आर्जित बोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL