Logo

नेपाल लाईफको बीमा शुल्क ४३ प्रतिशतले बढ्यो, महाविपत्ती तथा रिजर्भ कोषमा ६५ अर्ब जम्मा

नेपाल लाईफको बीमा शुल्क ४३ प्रतिशतले बढ्यो, महाविपत्ती तथा रिजर्भ कोषमा ६५ अर्ब जम्मा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क आर्जन उल्लेख्य रुपमा बढाएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेको नेपाल लाईफले बीमा शुल्क आर्जन ४२.७३ प्रतिशतले बढाएको हो ।

जीबन बीमा कम्पनीहरुमा अग्रणी स्थानमा रहेको नेपाल लाईफले गत आबमा २३ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जबकि कम्पनीले अधिल्लो आर्थिक बर्षमा १६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती तथा रिजर्ब कोषमा ६५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेपाल लाईफले असार मसान्तसम्ममा कुल ९१ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जसवापत १ लाख २८ हजार ६३६ वटा बीमा लेख जारी गरेको छ ।

कम्पनीले गत आबमा ५२ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको गतवर्षको बीमांकीय मूल्यांकन बाँकी रहेको हुँदा कम्पनीको नाफा भने बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL