Logo

बीमा समितिले ल्यायो मर्जर निर्देशिका, मर्जरमा जान नचाहेमा कारण खुलाउन निर्देशन

बीमा समितिले ल्यायो मर्जर निर्देशिका, मर्जरमा जान नचाहेमा कारण खुलाउन निर्देशन


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । बीमा समितले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लैजानमा लागि निर्देशिका जारी गरेको छ । समितिले जीवन बीमा कम्पनी जीवनसँग र निर्जीवन बीमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरी निर्देशिका जारी गरेको हो ।

समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । साथै संसोधित निर्देशिका अनुसार मर्जरमा गएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड लागु नहुने व्यवस्था गरेको छ ।

सो निर्देशिका लागु गर्दै समितिले मर्जरमा गएका कम्पनीहरुलाई न्युनतम चुक्तापूँजी अपुग भएमा १ बर्षसम्मको छुट दिने भएको छ । यस्तै समितिले गाभिएकै कारण खर्च बढ्न गएमा पनि समितिले गाभिएका कम्पनीलाई खर्चमा समेत छुट दिने भएको छ ।

समितिले निर्देशिका लागु गर्दै एक आपसमा गाभिन मिल्ने कम्पनीहरुले गाभिन नमानेमा त्यसरी गाभिन नसकिने तथा गाभिन नहुने कारण खुलाउन निर्देशन दिने भएको छ । समितिले उक्त निर्देशिकामार्फत गाभिन तथा प्राप्ती गर्न चाहाने कम्पनीहरुलाई समितिले विभिन्न क्षेत्रमा अवलोकन तथा अध्ययन गरेर विभिन्न पुर्वकार्यको लागि पनि निर्देशन दिने भएको छ । त्यसरी एक आपसमा गाभिदा विभिन्न छुटहरु समेत दिएको छ ।

समितिले गाभिन चाहाने तथा प्राप्ती हुन चाहाने कम्पनीहरुका निर्देशिकाले दिएका छुट

–गाभ्ने, गाभिने तथा प्राप्ति हुन भन्दा अघि बहाल रहेको बीमकका प्रमुख कार्यकारीअधिकृतको हकमा कुलिङ्ग पिरियड लागु हुने छैन ।

– दुई वा दुई भन्दा बढी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने कार्य गर्दा बीमकले कायम गर्नुपर्ने न्युनतम चुक्ता पुँजी अपुग हुन गएमा एक बर्षसम्मको अवधि प्रदान गर्न सकिनेछ ।

– बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक ब्यक्ति,समुह वा संस्थाको नाममा चुक्ता पुँजीको पन्ध्र प्रतिशत भन्दा बढि शेयर स्वामित्व कायम हुन गएमा त्यस्तो शेयर स्वामित्वलाई पन्ध्र प्रतिशतको सिमा भित्र ल्याउन दुई बर्ष सम्मको अवधि प्रदान गरिनेछ ।

– बीमक गाभिएकै कारण गाभ्ने बीमकको वार्षिक व्यवस्थापन खर्च तोकिएको सीमा भन्दा बढि भएमा आवश्यक छुट दिन सकिनेछ ।

– बीमक गाभिएकै कारण गाभ्ने बीमकको सञ्चालक समितिमा समानुपातिकप्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर बढीमा दुईजना ब्यक्तिलाई सञ्चालक सरह सुविधा पाउने गरी दुई बर्षसम्म सल्लाहकार नियुक्त गर्न सकिनेछ । तर गाभ्ने बीमकले स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने सम्वन्धमा यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।

– समितिबाट जारी गरिएको “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५” को दफा ४४ को उपदफा १ को खण्ड (ख) देखि (ब) मा भएको व्यवस्था बमोजिम एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने अवस्थामा बीमालेखको अवधिसम्मका लागि छुट प्रदान गर्न सकिनेछ । साथै, त्यस्तो बीमालेखमा एक वर्षसम्म सह–बीमा मार्पmत कुल बीमालेखको ३० प्रतिशतसम्म अंश धारण गर्न स्वीकृति प्रदान गर्न सकिनेछ ।

– दुई वा दुई भन्दा बढी बीमक एक आपसमा गाभिए वा प्राप्ति भए पश्चात नयाँ बीमकका रुपमा स्थापना हुने अवस्थामा गाभ्ने, गाभिने तथा प्राप्ति हुने बीमकमा कार्यरत प्रमुख कार्यकारी नयाँ बीमकमा प्रम’ख कार्यकारी हुँदा निजकोलागि पहिलो कार्यकाल गणना हुनेछ ।

–बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति हुँदा समितिले जारी गरेको लगानी निर्देशिका, २०७५ को सीमा फरक पर्न गएमा एक वर्ष भित्रमा लगानीको सीमा भित्र ल्याउनु पर्नेछ ।

– बीमकहरु एक आपसमा गाभिए वा प्राप्ति भए पश्चात् त्यस्तो बीमकको सल्भेन्सी मार्जिन समितिले तोकेको सीमा भन्दा कम हुन गएमा आगामी एक वर्षसम्म सीमा भित्र ल्याउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL