Logo

बीमा समितिले ल्यायो १२ प्रकारका जोखिमको नयाँ बीमालेख, ४ हजारमै १ करोडसम्मको घरको बीमा

बीमा समितिले ल्यायो १२ प्रकारका जोखिमको नयाँ बीमालेख, ४ हजारमै १ करोडसम्मको घरको बीमा



काठमाडौं । बीमा समितिले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ बीमा लेख सार्वजनिक गरेको छ ।

समितिले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त बीमा लेख लागु गर्ने जानकारी दिएको हो । समितिले पुरानो अग्नी बीमालाई प्रतिस्थापन गर्दै नयाँ बीमालेख सार्वजनिक गरेको हो ।

बीमाले घरको र सम्पत्तीको लागि सुरक्षा दिने भएपनी बिमितलाई सरल र सुलभ नभएकाले सोही अनुसारको सम्पत्ती बीमा निर्देशिका ल्याएको समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले जानकारी दिए । उनका अनुसार उक्त बीमा लेखले घरको र सम्पत्तीको बीमा गराउन मिल्ने जानकारी दिएका हुन । उक्त बीमालेखमार्फत बीमीतले आफ्नो १ करोडसम्मको घरलाई प्रतिहजार ४० पैसा प्रिमियम तिरेर बीमा गर्न सक्नेछन ।

नयाँ पोलिसी अनुसार १ करोडसम्मको घरलाई प्रतिबर्ष ४ हजार रुपैयाँ बीमा प्रिमियम तिरे पनि पुग्ने बीमा समितिले जानकारी दिएको छ । समितिका अनुसार उक्त बीमालेखको निर्देशिका भने माघ १ गतेदेखि लागु हुने भएको हो ।

यसअघि ब्यबसाय अन्तरगतको अग्नी बीमालेख र ग्राह्स्थ्य बीमालेखलाई एकै निर्देशिककाको अधिनमा रहने गरी क्रमश सम्पत्ती बीमालेख र घरबीमालेखमा प्रतिस्थापन गरेको बीमा समितिले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL