Logo

सानीमा लाईफको ‘सानिमा जीवनश्री’ औपचारिक उद्घाटन, यस्ता छन् विशेषता

सानीमा लाईफको ‘सानिमा जीवनश्री’ औपचारिक उद्घाटन, यस्ता छन् विशेषता



काठमाडौं । सानीमा लाईफ इन्स्योरेन्सले ‘सानिमा जीवनश्री’ बीमाको औपचारिक उद्घाटन गरेको छ । कम्पनीले सेवा सुरु गरेको एक वर्ष पुगेको अवसरमा सानिमा जीवनश्री बीमा योजनाको औपचारिक उद्घाटन आज गरेको हो ।

यस अघि देखिनै सानिमा जीवनश्री बीमा योजना बिक्री गर्दै आएको भए पनि कम्पनीले वार्षिकोत्सवको अवसरमा औपचारिक उद्घाटन गरेको हो ।

वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले सानीमा लाईफलाई देशकै सर्वोउत्कृष्ट बनाउने बताएका छन ।

यस बीमा योजना अन्तरर्गत १६ देखि ६० वर्ष उमेर समुहकाले न्यूनतम ५ लाख रुपैयाँ वा सो भन्दा वढी रकमको जीवन बीमा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

योजनाका लागि बीमा अवधि भने १०, १५, २०, २५ वर्ष तोकिएको छ भने बीमा शुल्क भुक्तानी अवधि भने क्रमश ः ६, १०, १५ र १८ पटक निर्धारण गरिएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै सुरुमानै पुरा बीमा अबधिको लागि ७० रुपैयाँ प्रतिहजार बीमावोनस ग्यारेन्टी गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL