Logo

ईजी इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता, ४९ रुपैयाँमा मोबाइल इन्स्योरेन्स

ईजी इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता, ४९ रुपैयाँमा मोबाइल इन्स्योरेन्स



काठमाडौं । ईजी इन्स्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच ‘मोबाईल इन्स्योरेन्स सेवा’ सम्झौता भएको छ ।

ईजीका अध्यक्ष संजित पौडेल र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीबीच मोबाइल फोनमा इन्स्योरेन्स सेवा प्रदान गर्न सोमबार सम्झौता भएको हो ।

सम्झौता अनुसार मोबाइल प्रयोगकर्ताहरुको मोबाइल फुटेमा, पानी पसेमा, चोरी भएमा वा आगलागीबाट नष्ट भएमा इजी इन्स्योरेन्सले क्षतिपूर्ति दिने भएको हो । न्यूनतम ४९ रुपैयाँ तिरेर १ वर्षसम्म मोबाइल फोन इन्स्योरेन्स सेवा उपयोग गर्न सकिने ईजीले जानकारी दिएको छ । इन्स्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्य अनुसार फरक फरक हुनेछ ।

यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु दुर्घटनामा परि मृत्यु भएमा ईजी इन्स्योरेन्सले एक लाख रुपैयाँको दुर्घटना बीमा अन्तरर्गत रकम प्रदान गर्नेछ । ईजी इन्स्योरेन्सले प्रदान गरिरहेको मोबाइल फोन इन्स्योरेन्स सेवा अन्तरर्गत मोबाइल ग्राहकहरुले न्यूनतम १ हजार ५ सय भन्दा माथीका मोबाईलहरुमा यो सेवा लिन सकिनेछ ।

ईजीले कुनै पनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।
सेवा लिनको लागि ग्राहकहरुले मोबाइल खरिद गरेको ७ दिन भित्र मोबाइल किनेको पसल वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सकिनेछ भने ७ दिनपछि ईजी इन्स्योरेन्सको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ ।

कम्पनीले यो सेवा कर्पोरेट कार्यालय तीनकुने र सर्भिस सेन्टर न्यूरोड, ताम्राकार हाउसमा रहेको ईजी मोबाइल केयर प्रालि मार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL