Logo

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स बिच सम्झौता, मोबाइल प्रोटेक्सन प्लानको बीमा

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स बिच सम्झौता, मोबाइल प्रोटेक्सन प्लानको बीमा



काठमाडौं । मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । सोमबार कम्पनी र ईन्स्योरेन्सबीच मोबाइल प्रोटेक्सन प्लानको बीमा सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पत्रमा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ ।

यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन ।

उक्त कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन ।

राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जानकारी दिएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुने कम्पनीको भनाई छ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL