Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा रुकुममा, मृतकलाई ३ लाख सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा रुकुममा, मृतकलाई ३ लाख सहयोग



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुममा उपशाखा विस्तार गरेको छ ।

कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले विस्तारित उपशाखाको संयुक्त उदघाटन गरेका हुन ।

इन्स्योरेन्सले विस्तारित उपशाखाको उद्घाटन सँगै बीमा जागरण कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा बिमित गिता नेपालीको असार १३ गते हृदयघातको कारण मृत्यू भएकाले मृतकको श्रीमान रमेश नेपालीलाई बिमाङ्क रकम ३ लाख रुपैयाँ हस्तान्तरण गरेको इन्स्योरेन्सले जानकारी दिएको छ ।

उक्त रकमको चेक उप–शाखा उद्घाटनको अवसरमा कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL