Logo

संचालन भयो बीमा तालीम इन्स्टिच्युट, बीमा कम्पनीदेखि एजेण्टसम्मलाई फाईदा

संचालन भयो बीमा तालीम इन्स्टिच्युट, बीमा कम्पनीदेखि एजेण्टसम्मलाई फाईदा



काठमाडौं । बीमा समितिले आईतबारदेखि पहिलो पल्ट बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । समितीले एक कार्यक्रमको आयोजना गर्दै उक्त इन्स्टिच्युटको उद्घाटन गरिएको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सो तालीमले बीमा सम्बन्धी विभिन्न विषयमा ज्ञान दिनुका साथै दक्ष जनशक्ति उत्पादन तथा बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउन सहयोग पुग्ने उनको भनाई थियो । आजै उद्घाटन गरिएको उक्त इन्स्टिच्युटको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन ।

जीवन र निर्जीवन गरी ३९ ओटा बीमा कम्पनी र बीमा समितिले संयुक्त रुपमा इन्स्टिच्युट संचालनमा ल्याएको छ । सो इन्स्टिच्युट १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको हो । इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पुर्याउने निर्देशक पौडेलले जानकारी दिए । ७० वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

पछिल्लो समयमा बीमा क्षेत्रमा ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २ दशमलव ५ प्रतिशत योगदान पुर्याएको छ । निर्देशक राजुरमण अर्यालका अनुसार आजैबाट संचालनमा आएको इन्स्टिच्युटमा विभिन्न कम्पनीका कर्मचारीहरुलाई तालीम दिन सुरु गरिएको छ ।

आजबाट संचालन भएको तालीम १८ दिनसम्म चल्नेछ । सो तालीममा विभिन्न बिमा कम्पनीका कर्मचारीलगायत बीमा समितिका कर्मचारीहरुको सहभागिता रहेको निर्देशक पौडेलले जानकारी दिए । इन्स्टिच्युटमा सिकाइएका विषयवस्तुले समग्र बीमा सम्बन्धी जानकारी दिने उनको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL