Logo

हस्तान्तरण भएको ३ महिनामै चुहिन थाल्यो आइसिपी भवन, भन्सारका कर्मचारीलाई समस्या

हस्तान्तरण भएको ३ महिनामै चुहिन थाल्यो आइसिपी भवन, भन्सारका कर्मचारीलाई समस्या


रासस
54
Shares

काठमाडौं । वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवन चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ ।

हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुशन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण आइसिपीको मुख्य भवन र गोदाम सामान्य वर्षामै चुहिन थालेकोे भन्सारका कर्मचारीले गुनासो गरेका छन् ।

४ – ५ दिन अगाडि भएको सामान्य वर्षा हुँदा मुख्य भवन र गोदाममा पानी चुहिएको हो ।

मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसामान भण्डारण गर्न समस्या भएको आइसिपी व्यवस्थापनको जिम्मा पाएको इटरमोडेल आइसिपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले बताए । उनले अहिले देखिएको समस्यालाई समाधान गर्न केएस स्फटनेट सोलुशन प्रालिका कर्मचारीलाई भनिए पनि समस्या यथावत् नै रहेको जानकारी दिए ।

यसै विषयमा सोलुशन प्रालिका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससँग बुझ्दा उनले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गरिने बताए । निर्माण कार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनमा कमजोरी रहेका कारण पानी चुहिने समस्या देखिएको उनले जानकारी दिए ।
१ अर्ब ३९ करोडको लगानी भएको आइसिपी निर्धा्रित समयभन्दा ५वर्ष ढिलो निर्माण सम्पन्न भएको थियो । गएको चैत ११ गते नेपाल सरकारलाई भारतीय पक्षले विधिवत रुपमा आइसिपीलाई हस्तान्तरण गरेको थियो ।

आइसिपी हस्तान्तरण गर्दा निर्माण गरिएको भवन, गोदामलगायतका पूर्वाधार मापदण्डअनुसार भएनभएको बारे कुनै अनुगमन नगरिएको आइसिपीकै कर्मचारीको भनाइ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL