Logo

आइएमई र ब्लु क्रसबीच सम्झौता, आइएमइका बिमितलाई ब्लु क्रसमा उपचार सेवा

आइएमई र ब्लु क्रसबीच सम्झौता, आइएमइका बिमितलाई ब्लु क्रसमा उपचार सेवा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल बिच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्यका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL