Logo

प्रभु लाइफको शाखा गोंगबुमा, शाखा संख्या १९ पुग्यो

प्रभु लाइफको शाखा गोंगबुमा, शाखा संख्या १९ पुग्यो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ शाखा गोङगबुमा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो ।

सो १९ औं शाखाको बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेका हुन ।

सो अवसरमा अध्यक्ष चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएसंगै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको जानकारी दिए । यसका साथै उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बताए ।

२ अर्ब चुक्ता पूँजी रहेको सो कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका कम्पनीले जानकारी दिएको छ । यसका साथै कम्पनीले छीट्टै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL