Logo

सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

बैकले उपत्यकामा ११ शाखा र ५ एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखा ३ एक्स्टेन्सन काउण्टरका साथै १० वटा शाखारहित बंैकिङ गरी जम्मा १११ स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL